धरान घटनाप्रति चिन्ता व्यक्ति गर्दै माधव नेपालको अपील- जातीय र धार्मिक विद्वेष फैलाउने काम नगरौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विद्वेष फैलाउने कुनै प्रकारका गतिविधिबाट प्रभावित नहुन अपिल गरेका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले पार्टी पंक्तिलाई त्यसका विरुद्ध उभिन, संयमित हुन र राष्ट्रिय एकतामा योगदान गर्न अनुरोध गरेका हुन् ।

उनले भनेका छन्, ‘जुनसुकै जाति, भाषा धर्म र संस्कृतिको अनुयायी भए पनि हामी सर्वप्रथम नेपाली हौँ भन्ने गर्ववोध गर्दै सबै क्षेत्रमा उच्चस्तरको सहिष्णुता र सहकार्यको राष्ट्रिय एकतालाई समृद्ध गर्न आम जनसमुदायलाई हार्दिक अपील गर्दछ ।’

जातीय एकता, साम्प्रदायिक सद्भाव तथा सांस्कृतिक साझेदारीको अनुपम उदाहरणका रुपमा विकसित भएको मुलुकमा हालै धरानमा भएका घटनाले समस्त मुलुकबासीलाई चिन्तित तुल्याएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘हामीलाई विभाजित गर्ने कुनै पनि प्रयत्नलाई विगतमा हामी नेपालीहरुले जसरी परास्त गर्दै आएका छौँ, त्यसरी नै अहिले देखा परेका प्रवृतिलाई पनि स्वयं धरानवासी जन समुदायताले धैर्यता र संयमका साथ सामना गर्नु हुनेछ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *