माओवादीको प्रष्टीकरण- व्याख्यात्मक घोषणा सम्झौताको लिखित अंग नभएसम्म एमसीसी कार्यान्वयनमा जाँदैन

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले व्याख्यात्मक टिप्पणी स्वीकार नगरे एमसीसी कार्यान्वयनमा नजाने बताएका छन् ।

उनले अमेरिकाले एमसीसीको १२ बुँदे व्याख्यात्मक टिप्पणी स्वीकार नगरेको नदेखिएको भन्दै यस्तो बताएका हुन् ।

आजबाट औपचारिक रुपमा एमसीसी कार्यान्वयनमा जाने थालेपछि फेरि विवाद चर्किएको छ । सुरुआतदेखि नै एमसीसीको विपक्षमा रहेर वकालत गर्दै आइरहेका गुरुङले फेशबुकमा लेखेका छन्, ‘२०७८ फागुन १५ गते नेपालको संसदबाट १२ बुँदे घोषणासहित एमसीसी सम्झौताको अनुमोदन गरियो। त्यस बेला मन्त्री लगायतका प्रायः सबै नेताहरुले १२ बुँदे घोषणालाई स्वीकार गरि त्यसलाई एमसीसी सम्झौताको अंग बनाईनुपर्ने र १२ बुँदे घोषणा स्वीकार नहुँदा सम्म एमसिसी सम्झौता कार्यन्वयन नहुने भनि संसदको रोष्टमबाट प्रतिवद्वता जाहेर पनि गरिएको थियो। तर आजसम्म अमेरिकी एमसिसी कम्पनीले औपचारिक रुपमा लिखित रुपमा १२ बुँदे स्विकारेको देखिएको छैन ।’

१२ बुँदे शर्तबारे कुनै उल्लेख नगरि निरपेक्ष रुपमा एमसिसी परियोजना कार्यान्वयनको कुरा उठाइरहेको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘माओवादी केन्द्रको प्रष्ट धारणा छ कि १२ बुँदे घोषणालाई एमसिसी सम्झौताको लिखित अंग नबनाउदा सम्म एमसिसी कार्यान्वयन हुन सक्दैन । हेक्का रहोस कि, नेपालको सार्वभौम अधिकार सम्पन्न संसदले गरेको घोषणालाई अवमुल्यन गर्ने अधिकार कोही-कसैलाई छैन ।’

Comments

One response to “माओवादीको प्रष्टीकरण- व्याख्यात्मक घोषणा सम्झौताको लिखित अंग नभएसम्म एमसीसी कार्यान्वयनमा जाँदैन”

  1. nagendra Avatar
    nagendra

    अझै ढाट्ने !? कत्ती चाम्रो कत्ती ज्याद्रो हो !! ठगहरुको कत्ती बहाना र रुप हौ !!
    अमेरिकनलाई राम्ररी थाहा छ कुन पैसाको नोट हो कुन ट्वाइलेट पेपर हो !!
    ट्वाइलेट पेपर प्रयोग गरे पछी कहाँ जान्छ : व्याख्यात्मक टिप्पणी त्यस्तै हो त्यहीं गयो :: अब फेरी त्यही कुरा गरेर दुनियाँ भुल्छ कि भुल्दैन अर्को कुरा तर दिनगन्ती सुरु भैसकेको ( ४ बर्ष ३६४ दिन बाँकी) MCC जुन माओवादी गठबन्दनले लागु गरेको छ त्येसको दुरगामी असर भोग्न पर्ने दिन सबैको आउँदै छ !! शायद त्यो बेला पनि प्रचन्ड र यी मनुवा (हरु) यस्तै भनेर झुक्याइ रहेका हुने छन !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *