दुई महिनापछि आरतीले अनसन तोडिन्, सरकारसँग दुईबुँदे सम्झौता

काठमाडौं । सरकारसँग दुईबुँदे सम्झौता भएपछि आरती रावल (गिरी)ले अनसन तोडेकी छन् ।

बाँकेका बैजनाथपुर गाउँपालिका–६ घर भई हाल नेपालगञ्ज उप-महानगर–९ बस्ने रावल आफ्नो श्रीमानमाथि वैवाहिक बलात्कार र बलात्कार मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा आफ्नो जिउज्यान र शान्ति, सुरक्षाको माग राखी  माइतीघर मण्डलामा अनसनरत थिइन् ।

उनको शान्ति सुरक्षाको लागि गृह मन्त्रालयले मातहत निकायलाई आवश्यक निर्देशन र सहजीकरण गर्ने सहमति भएसँगै उनले अनसन तोडेकी हुन् ।

उनले असार १० गतेदेखि अनसन बस्दै आएकी थिइन् ।

सम्झौतामा गृह मन्त्रालयको तर्फबाट उपसचिव कुल बहादुर जि.सी.ले हस्ताक्षर गरेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *