काठमाडौं । उच्च अदालत पाटनले नागरिक उड्डयन प्राधिकरणबाट सञ्चारमाध्यममा सोधिएको स्पष्टीकरण कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
क्यानले पत्रिकामा प्रकाशित विषय भ्रमपूर्ण र हवाई सुरक्षामा गम्भीर असर पर्ने खालको भएको भन्दै अन्नपूर्ण मिडिया नेटवर्क तथा सिम्रिक एअरलायन्सका अध्यक्ष रामेश्वर थापालाई स्पष्टीकरण सोधेको थियो ।
त्यसविरुद्धको थापाको रिटमा अदालतले मिडियामा प्रकाशित सामग्रीका विषयमा स्पष्टीकरण सोध्ने अधिकार कानूनले क्यानलाई नदिएको तथा ती विषयमा छानबिन तथा कारबाही गर्ने क्षेत्राधिकार नै प्राधिकरणसँग नभएको बताएको हो ।
सोमबार न्यायाधीश रमेश ढकालको एकल इजलासले मिडियामा प्रकाशित समाचारको विषयमा छानबिन र कारबाही गर्ने अधिकार नै नरहेको विपक्षी प्राधिकरण र महानिर्देशकले गरेको उल्लेखित निर्णय र पत्राचार प्रथम दृष्टिमा नै गैरकानूनी, अवैध र दुराशयपूर्ण देखिएको ठहर गरेको छ ।
अन्नपूर्ण मिडियालाई नभई सिम्रिक एयरलाई स्पष्टीकरण सोधेको क्यानले बताउँदै आएको छ ।

Leave a Reply