रास्वपा सांसद शाहको टिप्पणी- प्रधानमन्त्री गिरिबन्धुमार्फत एमालेलाई साइजमा राख्न ट्राई गर्दै हुनुहुन्छ (भिडिओ)

काठमाडौं । रास्वपा सांसद असीम शाहले प्रधानमन्त्री प्रचण्डको नक्कली भुटानी शरणार्थी प्रकरणमा आउने भनिएको फिल्म टालटुले भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर कांग्रेसलाई साइजमा राखेको टिप्पणी गरे।

उनले भने, ‘शरणार्थीमार्फत कांग्रेसलाई, ललिता निवासमार्फत समाजवादीलाई, गौर हत्याकाण्डमार्फत जसपालाई साइजमा राख्नुभयो। अहिले गिरिबन्धुमार्फत एमालेलाई साइजमा राख्न ट्राई गर्दै हुनुहुन्छ। आफ्नो कुर्सी बलियो बनाउन राजनीतिक दाउपेच नगरेर कामले मात्रै जनताको मन जितेर आफ्नो प्रधानमन्त्रीत्वकाल लम्ब्याउन सकिँदैनथ्यो होला।’

उनले सुन प्रकरणमा जोडिएका कृष्णबहादुर महरालाई लक्षित गर्दै प्रधानमन्त्री आफ्नो एसम्यानलाई जोगाउन लागेको आरोप लगाए।

उनको प्रश्न जस्ताको तस्तै :

सम्माननीय प्रधानमन्त्री ज्यू,

यो सदनमा केही समय अगाडी भुटानी शरणार्थी प्रकरणमा यो त ट्रेलर हो पुरा फिल्म गज्जब आउँछ भन्नु भो तर जे आयो सारै टालटुले र सजिलै बुझ्न सकिने खालको आयो।

नक्कली भुटानी शरणार्थीको फाइल खोलेर नेपाली कांग्रेसलाई साइजमा राख्नु भो, ललिता निवासमार्फत समाजवादीलाई साइजमा राख्नु भो, गौर हत्याकाण्डमार्फत जसपालाई, अनि अब गिरीबन्धुमार्फत नेकपा एमाले लाई साइजमा राखन ट्राई गर्दै हुनु हुन्छ, आफ्नो कुर्सी बलियो बनाउन यो राजनीतिक दाउपेच न गरेर काम ले जनताको मन जितेर आफ्नो प्रधानमन्त्रीत्वको आयु लामो बनाउन सकिँदैन थियो होला ?

भारतीय नेतृत्वले अन्तरिक्ष यानलाई चन्द्रमामा कसरी सफल अवतरण गराउने भनेर सोचिरहँदा हाम्रो नेतृत्व कसरी आफ्ना एस म्यानलाई बचाउने र मुद्दा कमजोर बनाएर सफल अवतरण गराउने भन्ने सोच्नमा तल्लीन हुनु अत्यन्तै दुखद छ ।

यताको अनुसन्धान अधिकारीलाई उता, उताको कर्मचारीलाई यता अवतरण गराउनै व्यस्त हाम्रो नेतृत्वबाट सुशासनको आशा कहिले गर्नु होला ?

छिमेकीले चन्द्रमामा यान पठाउँदा मेरो देशले खाडीमा जवान पठाउन बाध्य छ, देश भित्रका विश्व विद्यालयहरू रित्तिँदै छन्, व्यवसायीहरू निराश छन्, खेलाड़ीहरु पलायन हुँदै छन्, युवा पुस्ता मा देश छोड्ने लहर चलेको छ ।

प्रधानमन्त्री ज्यू, चन्द्र यान अहिले माग्दिन, तर एसम्यान जोगाउन लाग्दिन भन्ने हजुरको प्रतिबद्धताको कार्यान्वयन कहिले हुन्छ ? भ्रष्टाचार मा पनि आफ्नो र अरूको भनेर हेर्ने हो भने हामीले खोजेको सुशासन चाही कहिले आउँछ यो देशमा ?

Comments

One response to “रास्वपा सांसद शाहको टिप्पणी- प्रधानमन्त्री गिरिबन्धुमार्फत एमालेलाई साइजमा राख्न ट्राई गर्दै हुनुहुन्छ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रचण्डजि, तिम्रो भ्रष्टाचार छानबिनको फण्डा के हो भन्ने कुरा शाहजिले भनेजस्तै गरि जनताले बुझिसकेका छन् । बुझ कि तिमी अरूलाई फसाउन हिडदै छौ तर आफैं फस्दैछौ । तिमी दिल्लीको आदेश मानेर एमालेका ओलिलाई फसाउने मिसन लिएर प्रधानमन्त्री बनेका छौ । यस्ता गद्दारी कामले एमाले डराउनेवाला छैन । एमालेलाई त तिमीजस्ता हजार आए पनि सक्दैनौ फसाउन । यिनै दलाल साँसद, बिकेका पत्रिका र दिल्लीका एजेण्टले हल्ला गर्ने मात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *