पत्रकार आचार्यको स्मृति ग्रन्थ प्रकाशित

रुपन्देही । इतिहास र खोजअनुसन्धानमा गहिरो अध्ययन भएका पुराना पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थमा उनको इतिहासलाई समेट्ने प्रयास भएको छ।

यही भदौ १ गते काठमाडौंमा ८६ वर्षको उमेर निधन भएका आचार्यको योगदानलाई संरक्षण गर्न मंगलबार १३ औं दिनको तिथिमा यो ग्रन्थ प्रकाशन भएको हो ।

स्मृति पुस्तिकामा ५२ जना उनका समकालीन, सहकर्मी, पत्रकार, साथीभाइ, ईष्टमित्र, परिवारका सदस्यहरूले आफ्ना भावनाहरू, अनुभूतिहरू र श्रद्धान्जली लेखहरु लेखेका छन् । लामो समय देश तथा विदेशमा बसेर उनको विभिन्न खोजअनुसन्धानमा लागेका थिए ।

बागलुङमा जन्मेहुर्केका डिल्लीप्रसाद आचार्य मनले उदार, बचनले नरम, व्यवहारले समाजसेवी, पेशाले प्रशासक र पत्रकार अनि भोगाइले सबैसँग घुमिल हुने स्वभावका थिए ।

पश्चिमाञ्चलमा खोज पत्रकारिताको अभ्यास गरेका आचार्यको कालापानी९लिपुलेकवारेको आधा शताब्दी अघिको रिपोर्टिङ अनि भगवान बुद्धको मावली र ससुराली९ ूदेवदहूको उत्खनन्का लागि गरेको अभियान उनका समकालीनहरु प्रशंसा गर्दछन् ।

आजीवन -सादा जीवन, उच्च विचारू दर्शनबाट प्रेरित उनका आत्म-संस्मरणहरुको संगालो पुस्तक ‘झझल्काहरु’ प्रकाशित छ। दुवै पुस्तकहरू बुलबुल प्रकाशनले प्रकाशित गरेको हो। स्मृति ग्रन्थमा प्रकाशित समकालीन पत्रकारहरुका अनुसार उनकै अगुवाई रुपन्देही पत्रकार संघको स्थापना भएको थियो । अग्रज पत्रकार तथा लेखक मदनलाल पौड्यालले आचार्यको पहलमा करुणनिधी शर्मा अध्यक्ष भएको पत्रकार संघ गठन भएको उल्लेख गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *