३८ घण्टादेखि डोल्पाका मेजर पण्डितको अवस्था अज्ञात

सुर्खेत । डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स ब्यारेक भदालेका प्रमुख मेजर विमल पण्डितको अवस्था अझै अज्ञात रहेको छ ।

आइतबार साँझदेखि बेपत्ता भएका मेजर पण्डित बेपत्ता भएको ३८ घण्टा पुग्दा पनि भेटाउन सकिएको छैन ।

मेजर पण्डित सदरमुकाम दुनैबाट सार्वजनिक जीप रिजर्भ गरेर त्रिपुराकोट हिँडेको र त्यसपछि सम्पर्कविहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल नेपाल प्रेसलाई जानकारी दिए ।

त्रिपुरा, लिपु, खोदाङ्ग लगायतका साइटमा खोजी भएपछि अहिलेसम्म भेट नभएको उनले बताए ।

उनले भने, ‘अहिलेसम्म कुनै केही संकेत आएको आएन । स्थानीयलाई सोध्दा पनि कसैले कहीँ देखे पनि भन्दैनन् । उहाँको परिवारबाट पनि फोन आइरहेको छ । सबै चिन्तित छन् । अहिले त प्रत्येकको घर घर खोजिरहेका छौँ । दुर्गम जिल्ला भएको हुँदा स्याउ खाने हिसाबले गाउँमा जानू भएको छ कि भनेर । नदी किनार, खोल्साखाल्सीमा हेर्न लगाएका छौँ । जतिसक्दो प्रयास गरिरहेका छौँ ।

मेजर पण्डितको स्थायी घर काठमाडौंमा भएको पोखरेलले बताए । मेजर पण्डितको खोजीका लागि हिजो साँझदेखि नै नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिएका छन् ।

Comments

2 responses to “३८ घण्टादेखि डोल्पाका मेजर पण्डितको अवस्था अज्ञात”

  1. केदार Avatar

    सार्बजनिक जीपले कहां सम्म पुर्यायो ?

  2. Sagar raut Avatar
    Sagar raut

    आदि समाचार बनाउनु त भयननी रिजर्भ गरेको जिप ले काहासम्म पुर्यायर छोड्यो साथ मेजर सङग कोहि थिय कि थिएन ब्यरेक बाट हिड्दा के कामले हिडेको भन्ने जानकारी गरायर हिडेका हुन तेसरी पो थाह हुन्छ त अनि बुझनेले पनि बुझ्छ त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *