बेलायतमा हजारौँ उडान प्रभावित, ट्राफिक नियन्त्रण प्रणाली ठप्प

लन्डन । बेलायतमा एयर ट्राफिक कन्ट्रोलमा प्राविधिक समस्याका कारण धेरै उडानहरू ढिलाइ भएका छन् । यस सम्बन्धमा पूर्व सूचनासमेत जारी गरिएको छ।

बीबीसीका अनुसार बेलायतको राष्ट्रिय हवाई यातायात सेवाले सो सम्बन्धनमा जानकारी दिँदै भनेको थियो, ‘प्राविधिक समस्याको सामना गरिराखेका छौँ, त्यस अवस्थामा उडानहरू ढिलो हुन सक्छ।’

समाचार अनुसार इन्जिनियरहरू त्रुटि पत्ता लगाउन र समाधान गर्ने काम गरिरहेका छन्। साथै यात्रुहरूलाई  ‘यसबाट पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौँ’ भनिएको छ ।

रिपोर्टहरूका अनुसार बेलायतको नेशनल एयर ट्राफिक सर्भिसले कस्तो प्रकारको प्राविधिक गडबडी भएको छ र त्यसलाई सच्याउन कति समय लाग्न सक्छ भन्ने जानकारी दिएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *