ओलीले शेयर गरे माधव नेपालसँगको तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँगको तस्बिर शेयर गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ओलीले आज बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर भनेर शेयर गरेका छन् ।

‘आज बसेको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर, शुभसन्ध्या’, उनले तस्बिरको क्याप्सनमा लेखेका छन् ।

तस्बिरमा दुवैजना हँसिलो मुद्रामा देखिएका छन् ।

तत्कालीन नेकपा फुटेपछि माधव नेपाल अलग भएर नेकपा एस खोलेसँगै ओली र नेपालबीचको दूरी बढेको थियो । एक अर्कालाई कटाक्ष गर्दै विभिन्न आरोप लगाउँदै आएका उनीहरु आज निकै लामो समयपछि एकै ठाउँमा देखिएका हुन् । त्यसैको तस्बिर ओलीले आफ्नो फेसबुकमार्फत शेयर गरेका हुन् ।

Comments

3 responses to “ओलीले शेयर गरे माधव नेपालसँगको तस्बिर”

  1. कृष्ण खनाल,जितपुरसिमरा ,बारा Avatar
    कृष्ण खनाल,जितपुरसिमरा ,बारा

    अति सुन्दर।सधै यस्तै देख्न पाईयोस। बिगतका सम्बन्धका ती काला दिनहरु delet गरि दिउ।आज बाट अतितका सुमधुर सम्बन्ध लाई जोडौ श्रद्देय कमरेड हरु।

  2. dhakaram sapkota Avatar
    dhakaram sapkota

    माकुने सदाबहार अँधेरो

  3. बिटु Avatar
    बिटु

    माकुनेलाई जेल हाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *