उज्जली कसरी सडकमै सुत्केरी भइन् ? यस्तो छ बयलपाटा अस्पतालको भनाइ

काठमाडौं । अछामको बयलपाटा अस्पतालले बाजुराकी उज्जली सार्की अप्रेसन गर्नुपर्ने डरले सुटुक्क भागेर हिँड्दा बाटोमै सुत्केरी भएको समाचार आएको भन्दै यसबाट अस्पताल परिवार गम्भीर बनेको जनाएको छ ।

नेपाल प्रेसमा समाचार आएपछि अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा. मन्दीप पाठकले सोमबार साँझ वक्तव्य जारी गर्दै चिकित्सकहरुले आवश्यक परामर्शपछि अप्रेसनका लागि वार्डमा भर्ना हुने सिफारिस गरेका बेला प्रसूति विभागलाई जानकारी नदिई सुटुक्क आफ्नो घरतिर लागेको जनाएका छन् ।

३२ वर्षीया उज्जलीको यो छैटौं गर्भ रहेको र उनी भदौ १० गते अस्पतालमा आएको पाठकले बताएका छन् । उनको प्रसूतिको समय घर्किसकेकाले त्यसबाट निम्तिन सक्ने प्रतिकूल परिस्थितिलाई अनुकूलतामा परिणत गर्न चिकित्सकले सम्बन्धित विभागलाई तयारी अवस्थामा बस्न सल्लाह गरिरहेका बेला उनी भागेको उल्लेख छ ।

उनी बाटोमै सुत्केरी भएकोमा दुःख प्रकट गर्दै अस्पतालले यहाँबाट प्रवाह गरिने शल्यक्रियालगायत सबै स्वास्थ्य सेवाहरु निःशुल्क रहेकोसमेत जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *