सत्तापक्षलाई ओलीको चुनौती- वाइडबडी, गिरिबन्धु प्रकरण सबैको छानबिन गर, आफैं जेल जाऊ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासको छानबिनले सत्ता गठबन्धनकै नेताहरुको भागाभाग भएको भन्दै वाइडबडी, गिरिबन्धु टि स्टेटलगायतको छानबिन गरे उनीहरु नै जेल जाने भएकाले एमालेको बदनाम गर्नमात्र यस्ता कुरा उचालिरहेको दाबी गरेका छन् ।

काठमाडौंका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफूले यति होल्डिङको बारे छानबिन गर भनेको वर्षौं भइसक्दा पनि उनीहरुले नसकेको बताए । वाइडबडीमा पनि आफैं जेल जाने भएकाले छानबिन नगरको ओलीको दाबी छ ।

ओलीले भने- यति होल्डिङको छानबिन गर न त भन्यौ गर्दैनन् । वाइडबडीको छानबिन गर आफैं जेल जाऊ । अस्तिसम्म ललिता निवास भन्दैथे, अहिले कस्तो भागो र भाग छ । एउटा यता ढोकाबाट कुदेको छ, अर्को उताबाट कुदेको छ । यिनीहरुका छानबिन नदेखिएको हो र ? यी भ्रष्टहरु उल्टै एमालेलाई धम्की दिँदैछन् ।

आफूलाई जोडिएको गिरिबन्धु टि स्टेटबारे पनि ओलीले विस्तृतमा एमालेका जनप्रतिनिधिहरुलाई प्रष्ट पारेका छन् । उनले पटकपटक कानूनबिना चिया बगानको जग्गा बेच्न दिएर कमिसन खाएकाले आफ्नो पालामा कानून बनाएको तर कुनै जमिन बेचबिखन नभएको बताए ।

ओलीले भने- बिना कानून २०५३ सालमा १९ बिघा जमिन बेच्न दिएको थियो त्यसको छानबिन गर । २०५८÷६० मा बिनाकानून ५१ बिघा जमिन बेच्न दिएको थियो छानबिन गर र आफैं जेल जाऊ । हामीले कानून बनाइदिएका हौं, कानूनको आधारमा जग्गा सट्टापट्टा गरेरमात्र बेच्न पाउने भनेको हो । गैरकानूनी ढंगले कमिसन खाएर जग्गा बेच्न दिएको होइन, कानून बनाइदिएको हो ।

ओलीले अहिले केही नपाएर ओम्नीको कुरा गरिएको भन्दै ओम्नी भन्नेबारे आफूले पत्रिकाबाट मात्र थापा भएको बताए । उनले ओम्नीको छानविन गर्न समेत चुनौती दिए । भ्रष्टहरुका आरोप एमालेले अब नसहने उनले बताए ।

सरकारको संरक्षणमा एयरपोर्टबाट भइरहेको सुन तस्करीलाई निर्वाध चल्न दिन संसदमा पशुपतिको जलहरीको विषय उठाएको पुष्टी भएको भन्दै ओलीले तस्करको नाइके नै सरकारको नेतृत्वमा रहेको बताए । संसदमा माओवादी सांसद राजन दाहालले जलहरीमा सुनको साटो पित्तल राखिएको आरोप लगाएपछि यसको अख्तियारले समेत छानबिन गर्दा सुनको सबै मात्रा भेटिएको थियो ।

अध्यक्ष ओलीले माओवादी सांसद राजन दाहालतर्फ संकेत गर्दै भने- यी भष्टहरु कतिसम्मका छन् भने एयरपोर्टबाट सुन तस्करी गरिरहेका रहेछन् । त्यता ध्यान नआजोस भनेर एउटा धतंगाले संसदको रोष्ट्रममा उभिएर केपी ओलीले सुन भनर पित्तल हाल्यो भनेर करायो । अहिले पनि उद्देश्यमुलक ढंगले त्यहि धतंगा हरेक बेलुका हुँ हुँ कराएको करायै छ । अरु त्यसपछि स्यालहुइया गर्छन् ।

त्यसबारे उनको भनाइ जस्ताको तस्तैः

यति यति भनेर कति कराइरहेका छौं गरत छानविन, वाइटबडी छानविन गरन जाऊ आफैं जेलमा । वाइडबडी छानविन गर जेल जाउ । अस्तिसम्म ललिता निवास भन्दैथे । अहिले कस्तो भागाभाग छ । कोही यताको ढोकाबाट कोही उताको ढोकाबाट । हामीलाई भन्दैथे त ललिता निवास भनेर, अहिले एउटा एताबाट गुटुटु कुद्छ अर्को उताबाट कुद्छ। गर न छानबिन।

अहिले चिया बगान निस्किएको छ गर न छानबिन । बिना कानून ५३ सालमा १९ बिघा जमिन बेच्न दिएको थियो । कमीसन आएर त्यसको छानविन गर। ६० सालमा ५१ बिघा जमिन बिना कानून बेच्न दिएको थियो कमिसन खाएर छानबिन गर जेल जाऊ । हामी भन्छौं कानून बनाइदिएको हौं । गैरकानूनी ढंगले कमिसन आएर होइन । नत्र त कमिसन आइरहने भए । कानून बनाएर कानून संम्वत् ढंगले गर्नु भनेर नियम बनाइदिएको छ हामीले । कमिसन खाएको छैन ।

कानून बनाउँदा कसैले कमिसन खान्छ ? कारोबार गर्दा खाला नि ? एमाले कमिसनका पछाडि कुद्ने पार्टी होइन । महान उद्देश्यका पछाडि हिँड्ने पार्टी हो । ओम्नी अरे मैले पत्रिका पढेर थाहा पाएको के हो ? ओम्नी ? मैले देखेको पनि छैन। सुनेको मात्रै हो । गर न छानबिन ओम्नी के हो ? भ्रष्टहरुको यत्रो हुइया । भ्रष्टहरुले हामीलाई थर्काउने उल्टै ।

कतिसम्म भ्रष्ट भने सुन तस्करी गरेका गरेकै रहेछन् त्यतातिर ध्यान नजओस् भनेर ओलीले पशुपतिमा सुन भनेर पित्तल चढायो भनेर एउटा संसदमा करायो । संसदको रोष्ट्रमबाट । जनप्रतिनिधि भन्ने त्यही व्यक्ति अहिले कराएको कराकै छ । हरेक बेलुका पहिलो हुँ…हुँ… त्यही गर्छ । र अनि अरुले हुँ…हुँ… गर्छन् । पहिलो हुँ…हुँ… गर्ने त्यही हुन्छ । यो योजनाबद्ध हुँ…हुँ…हो यीनिहरुको  । यो स्यालहुइयाँ हो ।’

Comments

3 responses to “सत्तापक्षलाई ओलीको चुनौती- वाइडबडी, गिरिबन्धु प्रकरण सबैको छानबिन गर, आफैं जेल जाऊ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    त्यो धतंगा मात्र होईन त्यो टपरटुईया लैनचौरको पैसाले उफ्रेको हो । जनताले थाहापाईसके ।

    1. ksp pyl Avatar
      ksp pyl

      त्यो धतंगा मात्र होईन त्यो टपरटुईया लैनचौरको पैसाले उफ्रेको हो । जनताले थाहापाईसके ।

      1. शिवप्रसाद पौडेल Avatar
        शिवप्रसाद पौडेल

        अलिकती कतै गल्ती मात्र भेटेका हुन्थे भने यिनीहरुले थन्काईदिन्थे यो त पक्कै सत्य हुँदै गएको छ।अनि एमाले पार्टी माथी लगाएको आरोपलाई सत्य तथ्य के हो थाहा पाउन पनि छनविनकालागी दबाब देउ बाजे।अनि गुमेको बिरासत फेरि आउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *