काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल हुने बताएका छन् ।
सोमवार सिंहदरबारमा बसेको बैठकपछि कांग्रेस सांसदसमेत रहेका खतिवडाले समितिमा सुन काण्डलगायत सबै विषयमा छलफल हुने बताए ।
‘यो समितिलाई पार्टीको भन्दा पनि सबैको बनाएर लिएर जान चाहन्छौं, म कांग्रेसबाट निर्वाचित भए पनि । यो समितिमा पक्ष, विपक्ष नगरीकन सबैको पक्ष बनाएर समसामयिक विषयमा सबैसँग सल्लाह गरेर निर्णय गर्ने परम्पराको विकास गर्छौं । यो समिति सरकारविरोधी पनि हुँदैन र सरकार पक्षको पनि हुँदैन’ नवनिर्वाचित सभापति खतिवडाले भने, ‘समिति समितिका रुपमा अगाडि बढ्छ । आजै प्रधानमन्त्री, गृहमन्त्रीलाई बोलाउने कुरा त कहाँ हुन्छ ? यस विषयमा मेरो भूमिका सकारात्मक हुन्छ ।’
उनले राज्य व्यवस्था तथा सुशासन समिति संवेदनशील समिति पनि भएकाले आफूहरुले सोहीअनुसारको कार्ययोजना बनाएर अघि बढ्ने बताए ।

Leave a Reply