भीम उपाध्यायकाे विराेधमा चितवनमा र्‍याली, पूर्णमाया पनि सहभागी

चितवन । पूर्वसचिव भीम उपाध्यायको कारबाहीको माग राख्दै चितवनमा दबाब र्‍याली भएको छ ।

उपाध्यायले भरतपुर १६, कि पूर्णमाया गुरुङले मासु खाएको फोटो राखी ‘गोरु खाने धराने’ क्याप्सन लेखेर सामाजिक सञ्जाल फेसबुकमा राखेकोमा साइबर क्राइमको आरोपमा पूर्णमायाले उजुरी दिएकी थिइन् ।

उजुरी दिएको ३ दिन बितिसक्दा पनि प्रहरीले भीम उपाध्यायलाई पक्राउ नगरेको भन्दै आज दबाब र्‍याली निकालिएको हो ।

तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद्को अगुवाइमा निकालिएको र्‍यालीका क्रममा पत्रकारसँग कुरा गर्दै गुरुङले उपाध्यायलाई कारबाही हुनुपर्ने माग गरिन् ।

‘नारीलाई सम्मान नगर्नेलाई कानूनबमोजिम कारबाही हुनुपर्छ । आफूविरुद्ध कमेन्ट आउँदा कमेन्ट गर्नेहरूलाई केही नभनी उपाध्यायले आनन्द लिएर बसे ।’

Comments

One response to “भीम उपाध्यायकाे विराेधमा चितवनमा र्‍याली, पूर्णमाया पनि सहभागी”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    भीम उपाध्याय नकारात्मक सोचाइ बोक्ने गैह्र जिम्मेवार ex civil servant हुन उनले मुलुकमा अफाह फिजाउने काम मात्र गरेका छन यदि उनी असल हुन्थे भने आफू सचिव हुदा गरेको खराब काम प्रति आलोचित हुने थिए तर उनले आफू सचिव हुदा गरेका कामको चाहिँ वैधानिकता खोज्ने अरूलाई खुइल्याउने मान्छे हुन जस्तो लाग्छ अनि राजनैतिक नियुक्ति नपाएको झोकमा अवसरवादी अभियान कर्मि वनेका होलान्

Leave a Reply

Your email address will not be published. Required fields are marked *