जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका १ मा ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु भएपछि स्थानीयले ट्रकमाथि आगजनी गरेका छन् ।
ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकको ठक्करले स्थानीय ५५ वर्षीया विमला कुमारीको मृत्यु भएको हो । महिलाको मृत्युपछि आक्रोशित स्थानीयले ट्रकलाई नियन्त्रणमा लिएर आगजनी गरेका छन् ।
ट्रकले ठक्कर दिएपछि मलिा घाइते भएकी थिइन् । तर पछि ब्याक गरी किचेर मारेको भन्दै स्थानीयले ट्रकमा तोडफोड र आगजनी गरेको बुझिएको छ ।
ट्रकमा आगजनी गरेपछि प्रहरीले नगरपालिकाको बारुण यन्त्र बोलाएको थियो । बारुण यन्त्र आएपछि भीडले त्यसमा पनि ढुंगामुडा गरेका छन् । अहिले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध छ ।

Leave a Reply