काठमाडौं । सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी सदनलाई गराएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधिसभा सदस्यबाट निलम्बन भएको जानकारी गराएका हुन् ।
शरणार्थी प्रकरणमा पक्राउ परेपछि रायमाझीलाई एमालेले यसअघि नै सचिव पदबाट निलम्बन गरिसकेको छ ।

Leave a Reply