काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ र रिहाबारे सभामुख देवराज घिमिरेलाई संसदलाई जानकारी गराएका छन् ।
शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा शर्मालाई सीआईबीले पक्राउ गरेको थियो ।
जिल्ला अदालत काठमाडौंले भाग्ने अवस्था नभएको र प्रमाण पनि नष्ट नगर्ने उल्लेख गर्दै शर्मालाई रिहा गरेको थियो ।
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै साउन १० देखि अवरुद्ध संसद आज चलेपछि सभामुखले आज जानकारी गराएका हुन् ।

Leave a Reply