गिरीबन्धु टी स्टेटको जग्गा छानबिन गर्न मन लागे गर्नू : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गाका विषयमा छानबिन गर्न जरुरी नरहेको बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गिरीबन्धु टी स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निर्णयका विषयमा छानबिन गर्न जरुरी नभएको तर छानबिन गर्न मन लागे गर्न सुझाव दिए ।

विनाकानून जग्गा सट्टापट्टा गर्ने गरिएपछि एमाले सरकारले कानून बनाएर व्यवस्थित गर्ने काम गरेको ओलीको जिकिर थियो ।

अध्यक्ष ओलीले सरकार लचिलो भएर सदन खुलाउन तयार भएको भन्दै धन्यवाद दिए । सुन तस्करी सधैँका लागि अन्त्य गर्न र निष्पक्ष छानबिन गर्न सरकार तयार नभएकै कारण लामो समय सदन अवरुद्ध भएकोले एमालेले पनि सम्झौता गर्नुपरेको उनको तर्क छ ।

मेटमणि चौधरीले आफूलक्षित भनाइमा अध्यक्ष ओलीले स्तरहीन मान्छेहरुले सुन तस्करी प्रकरणमा आफूलाई जोड्ने प्रयास गरेको बताए ।

हिजो चौधरीले सुन तस्करीमा ओली पनि संलग्न भएको दाबी गर्दै एक वर्षभित्र पक्राउ पर्ने ठोकुवा गरेका थिए ।

Comments

2 responses to “गिरीबन्धु टी स्टेटको जग्गा छानबिन गर्न मन लागे गर्नू : ओली (भिडिओ)”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    सैतानहरू नेकपा एमालेका विरोधमा खनिन्छन तर प्रमाण पुराउ र कारबाही भोग्न नेकपा एमालेका नेता कार्याकर्ता तयार छन है जातीय पहिचानवादी सरकार

  2. ksp pyl Avatar
    ksp pyl

    त्यो दाङको कुखुरा चोर स्तरहिनलाई के जवाफ दिने भन्नुभयो । कुरा ठिक हो । लैनचौरबाट दलाली बुझ्ने त्यस्ता दलालले जे पनि भन्छ । मानसिक सन्तुलन गुमाईसक्यो त्यसले । मानसिक उपचार नगरे एकदिन ओलिओलि भन्दै नाङ्गै हिड्छ त्यो दलाल टट्टु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *