दलहरूबीच दुई बुँदे सहमतिमा हस्ताक्षर हुँदै

काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा सहमति जुटेको छ । सुन तस्करी छानबिनबारे सहमतिमा हस्ताक्षर हुन लागेको बैठकमा सहभागी एक नेताले बताए ।

सुन प्रकरणमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउनेबारे छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक सिंहदरबारमा बसेको थियो ।

सोमबार बिहान कार्यदलको बैठकले आयोगको ड्राफ्ट तयार पारिसकेको छ ।

उक्त कार्यदलले उच्च अदालतका न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति बनाउन सिफारिस गरेको बताइएको छ । त्यसलाई आजै टुंग्याएर संसद् खोल्ने तयारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *