काठमाडौं। मलेसियामा जारी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत नेपालले कुवेतलाई ९० रनको लक्ष्य दिएको छ ।
नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन जोड्यो ।
नेपालका लागि इन्दु बर्माले २३, विन्दु रावलले २० र काजल श्रेष्ठले १९ रन बनाए ।
अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । पहिलो खेलमा नेपालले हङकङलाई हराएको थियो ।

Leave a Reply