अल नासरको सिजनको पहिलो जित

काठमाडौं। क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासर एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता एएफसी च्याम्पियन्स लिगका लागि छनोट भएको छ।

मंगलबार राति भएको प्ले अफमा अल नासरले यूएईको सदाब अल एह्ली दुबईलाई ४-२ गोलले हरायो। अल नासरले अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो। त्यसपछि इन्जुरी समयमा उसले २ गोल गर्दै खेल जितेको हो।

एन्डर्सन टालिस्काले २ तथा सुल्तान अल घनाम र मार्सेलो ब्रोकोभिचले एक एक गोल गरे। घनामले ८८ औँ मिनेटमा गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याएका थिए। नयाँ सिजनमा अल नासरले पहिलो खेल जितेको हो। जारी सिजन रोनाल्डोले गोल गर्न सकेका छैनन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *