काठमाडौं । नेवारी युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ को १७औँ संस्करणको उपाधि सकिना महर्जनले हात पारेकी छन् ।
कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले जितेकी हुन् । १७ युवतीबीच भएको १७औं संस्करणको मिस नेवाः नेपालअन्तर्गत, अर्स्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेण्ड रनरअपको उपाधि मिनाशा महर्जनले जितिन् ।

सौन्दर्य प्रतियोगिताको आयोजना नेप्लिज फेसन होमले गरेको थियो ।
नोटः यो समाचार मंगलवार अबेर सकिएकाले आजमात्रै समाचार बनाइ पठाएका छौँ । आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुनेछ ।

Leave a Reply