गुरुराजको टिप्पणी- कोशीमा सत्ताका लागि कांग्रेस क्षुद्र र घृणित खेलमा उत्रिनु निन्दनीय

विराटनगर । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कोशीमा कांग्रेसले सत्ता प्राप्तिका लागि क्षुद्र र घृणित खेल खेलेको बताएका छन् ।

सभाध्यक्षको मत प्रयोग गरेर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि घिमिरेले कांग्रेसको यस्तो खेल निन्दनीय भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अरु दलले जे गरुन्, विधिको शासन स्थापनाका निम्ति आठ दशक लामो लडाइँ लडेको कांग्रेसले क्षुद्र सत्ताका निम्ति घृणित खेलमा उत्रने कार्य निन्दनीय छ ।’

उनले कस्तो परम्परा हुर्काउन खोजेको हो ? नयाँ पुस्तालाई के सिकाउन खोजेको हो ? भन्दै प्रश्नसमेत गरेका छन् ।

घिमिरेको स्टाटस जस्ताको तस्तै

नेपाली राजनीतिमा जे गरेपनि हुन्छ भन्ने आक्षेपलाई कोशी प्रदेश(नाममा बिवाद)मा सरकार गठनको पछिल्लो घटनाक्रमले पुष्टि गरेको छ र यसले शक्ति पृथकीकरणको मान्यता र सिद्धान्तको धज्जी उडाएको छ।शक्ति पृथकीकरणको सिद्धान्तका प्रणेता प्रसिद्ध फ्रान्सेली बिद्वान मन्टेस्क्यू भन्छन्,”राज्यका तीनअङ्गहरुले एकअर्काको क्षेत्रमा प्रबेश वा हस्तक्षेप गर्नु हुदैन।यदि प्रबेश गर्ने वा हस्तक्षेप गर्ने हो भने निरंकुशताको उदय हुन्छ”।अर्का बिद्वान मेडिसनको पनि यही मत छ।नेपालका संविधानविद बिपिन अधिकारी पनि यसै भन्छन्।अरु दलले जे गरुन्,बिधिको शासन स्थापनाका निम्ति आठदशक लामो लडाइँ लडेको कांग्रेसले क्षुद्र सत्ताका निम्ति घृणित खेलमा उत्रने कार्य निन्दनीय छ।कस्तो परम्परा हुर्काउन खोजेको हो?नयाँ पुस्तालाई के सिकाउन खोजेको हो ?

Comments

2 responses to “गुरुराजको टिप्पणी- कोशीमा सत्ताका लागि कांग्रेस क्षुद्र र घृणित खेलमा उत्रिनु निन्दनीय”

  1. ksp pyl Avatar
    ksp pyl

    काँग्रेस भनेकै यस्तै खेल गर्ने पार्टी हो । नत्र टिक्नै गार्हो छ ।

  2. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    यो मुलकमा पटकपटक जनताको लागि पार्टीलाई जनताले विश्वास गरे तर कांग्रेसले लथालिङ्ग बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *