मेटमणिको ठोकुवा- ओली यही वर्ष पक्राउ पर्दैछन् (भिडिओ)

काठमाडौं । गठबन्धनघटक नेकपा एसका प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने ठोकुवा गरेका छन् ।

मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यक्ष ओली सुन तस्करीमा पनि संलग्न रहेको आरोप लगाए । पक्राउ पर्ने डरले ओलीले संसद अवरुद्ध गरिरहेको उनको दाबी छ ।

उनको भनाइ जस्ताको तस्तै

मैले राष्ट्रपति निवासमा आज गृहमन्त्रीसँग भने सारा दुनियाँले विश्वभरका मानिसले नेपालको होइन, यो सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन् । हामीले गृहमन्त्रीलाई किन पक्राउ परेका छैनन् भनेर सोधिरहेका छौं । केपी ओली चाँडै पक्राउ पर्दैछन्, त्यसकै डरले केपी ओलीले संस्द अवरोध गर्ने बखेडा झिकिरहेका छौँ । यही वर्षमा यही उमेरमा केपी ओलीलाई समात्छ । मैले जे बोल्छु, त्यो हुन्छ, त्यो नै राजनीतिक कोर्ष अघि बढ्छ ।

चौधरीले आफूले जे बोल्ने त्यो हुने र आफूले बोलेअनुसार नै राजनीतिक कोर्ष अघि बढ्ने जिकिर गरे ।

Comments

One response to “मेटमणिको ठोकुवा- ओली यही वर्ष पक्राउ पर्दैछन् (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    दिल्लीको टट्टुको दिवा स्वप्न । यसलाई एमालेले अब त्यत्तिकै नछोडोस् । सुन काण्डको मुख्य नाईके दलाललाई कुनै कारवाही नगरी भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *