शिक्षक छनौटमा भ्रष्टाचार गरेको भन्दै काठमाडौंको सिद्धीगणेश माविका अध्यक्ष र प्रअविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षले शिक्षक छनौट प्रक्रियामा घुस लिएको आरोपमा दुवै जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

जिल्लाको कागेश्वरी मनोहरा, नगरपालिका एकस्थित सिद्धीगणेश माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिबिलास धिताल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

अनुसन्धानको सिलसिलामा दुवै जनाले शिक्षक छनौटमा अन्तर्वार्ताका लागि पेश गरेको ट्रान्सक्रिप्ट फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १६ हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको भन्दै दुवै जनालाई १६ हजार रुपैयाँ बिगो दाबी गर्दै कैद सजायको मागसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको आयोगका सहसचिव एवम प्रवक्ता भोला दाहालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *