अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीप अर्को कोसेढुंगा नजिक, थप ४ विकेटले ‘दोहोरो सतक’ पूरा

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्व चर्चित स्पिनर सन्दीप लामिछाने आसन्न एसिया कपको पूर्व सन्ध्यामा अर्को कोसेढुंगा नजिक देखिएका छन्।

अब ४ विकेट लिए सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेट (एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय)मा २ सय विकेट पूरा गर्नेछन्।

सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ खेल खेल्दै १ सय ११ विकेट र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४४ खेल खेल्दै ८५ विकेट लिएका छन्।

उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेल खेलेर एक सय विकेट पुरा गर्ने खेलाडी हुन्। सन्दीपले लिस्ट एमा ७३ खेल खेल्दै एक सय ५७ र टी-२० क्रिकेटमा १ सय ३६ खेल खेल्दै एक सय ९३ विकेट लिएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *