विश्वकप ट्रफिसहित मेस्सी स्टाइलमा स्पेनिस महिला खेलाडीको पोज

काठमाडौं। महिला विश्वकपको उपाधि जितेको स्पेनकी एक खेलाडीले लियोनल मेस्सीकै शैलीमा फोटो खिचाएका छन्।

जेन्नी हर्मोसोले विश्वकप ट्रफीसहित सुतेको फोटो सार्वजनिक गरेकी छन्। यसअघि गत वर्ष मेस्सीले पनि विश्वकप उपाधि जितेपछि ट्रफीसहित सुतेको तस्विर सार्वजनिक भएको थियो।

सपना पुरा भएको अर्थलाई इंगित गर्न उनले यसरी तस्विर खिचेर सामाजिक सन्जालमा राखेको टिप्पणी भएको थियो। हर्मोसोले सामाजिक सन्जालमा राखेको तस्बिरमा मेस्सीकै शैली अपनाइएको भन्दै कमेन्टहरु भएका छन्।

स्पेनले फाइनलमा इङ्ल्यान्डलाई १-० ले पराजित गरी पहिलोपटक महिला विश्वकप जितेको हो। हर्मोसोले प्रतियोगितामा ३ गोल र एक असिस्ट गरेकी थिइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *