न्यायाधीशकी श्रीमतीको फेसबुक ह्याक, गिरोहले ‘साथीहरु’सँग धमाधम पैसा उठायो

काठमाडौं। फेसबुक ह्याक गरी ठगी गर्ने गिरोहले उपसचिव समेत रहेकी न्यायाधिशकै श्रीमतीलाई पनि पीडित बनाएको खुलेको छ।

केही दिन अघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फेसबुक ह्याक गरी साथीको सूचीमा रहेकासँग पैसा माग गर्ने गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको थियो।

प्रहरीका अनुसार सोही गिरोहले न्यायाधिशकी श्रीमतीको फेसबुक ह्याक गरेर पैसा ठगेको अनुसन्धानमा खटिएका अधिकारीले बताएका छन्।

स्रोतका अनुसार ती पीडित हाल सर्वाेच्च अदालतमा कार्यरत रहेकाे बुझिएको छ ।

काठमाडौं प्रहरी परिसरले यो घटनाको अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार उक्त गिरोहले ३० वटा फेसबुक आईडी ह्याक गरेको पाइएको छ भने १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको देखिएको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *