काठमाडौं । ब्रिटिस कलेजद्वारा आयोजित चौथो ब्रिटिस कप २०२३ इन्टरकलेज फुटसल टुर्नामेन्टको उपाधि थेम्स कलेजले जितेको छ ।
प्रतियोगिताको फाइनलमा आईएसएमटी कलेजलाई पेनाल्टीमा पराजित गर्दै थेम्स कलेजले उपाधि जितेको हो ।
विजेता थेम्सले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता आईएसएमटीले ५० हजार रुपैयाँमा चित्त बुझायो ।
त्यस्तै, व्यक्तिगततर्फको अवार्ड पनि थेम्सकै दुई खेलाडीले प्राप्त गरेका छन् । थेम्सका मिलन गोदार थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा मोहम्मद फाहिद उत्कृष्ट गोलकिपर घोषित भए । थापा र फाहिदले जनही १०-१० हजार रुपैयाँ हात पारे ।

Leave a Reply