कार्यसूची तय गर्नुअघि कोशीमा गठबन्धनको बैठक

विराटनगर । कोशीमा सत्ता गठबन्धनको बैठक सुरू भएको छ ।

विराटनगरस्थित इस्टर्न स्टार होटलमा मुख्यमन्त्री उद्वव थापासहित गठबन्धन दलका नेताहरू बैठक बसिरहेका हुन् ।

बैठकमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो, नेकपा एस संसदीय दलका नेता राजेन्द्र राईलगायत सहभागी छन् ।

बिरामी भएको जानकारीसहित उपसभामुख सृजना दनुवार काठमाडौं लागेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन । कार्यसूची तयार पार्न बिहान बस्ने भनेको बैठक अध्यक्षता गर्ने व्यक्ति नभएको भन्दै दिउँसोलाई सारिएको छ ।

कार्यसूची तय गर्नुअघि गठबन्धनको बैठक बसेको नेपाली कांग्रेस कोशी संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए ।

मुख्यमन्त्री उद्वव थापाले आज विश्वासको मत लिने सूचना शुक्रबार दर्ता गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *