जब प्रहरी देख्ने बित्तिकै बलात्कार आरोपी बेहोस भएर ढले

काठमाडौं। अधिवक्ता भोजबहादुर केसी यति बेला टिचिङ अस्पतालमा उपचाररत छन्।

केही दिनअघि बेहोस भएर ढलेपछि नाग पोखरीबाट केसीलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो।

६८ वर्षीय केसीमा मुटुको समस्या रहेको बुझिएको छ। केही दिनअघि काठमाडौं प्रहरी परिसरको टोली केसीलाई पक्राउ गर्न पुगेको थियो।

प्रहरी स्रोतका अनुसार प्रहरी देख्ने बित्तिकै केसी बेहोस भएर ढलेका थिए। ‘ढलेपछि उनलाई अस्पताल पुर्‍याइयो। उपचार गरिरहेकाले हामीले अहिले पक्राउ गरेका छैनौँ’, काठमाडौं प्रहरी परिसर स्रोतले भन्यो।

प्रहरीका अनुसार थानकोट प्रहरी वृत्तमा केसीविरुद्ध बलात्कार सम्बन्धी जाहेरी परेको छ।

थानकोट प्रहरी वृत्तले पक्राउका लागि पत्र पठाएपछि परिसरको टोलीले उनको खोजी गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *