काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणबारे आफूलाई थाहा भएका कुरा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जानकारी दिएको बताएका छन् ।
सो प्रकरणमा नाम मुछिएपछि भट्टराईले सीआईबीलाई सत्य तथ्य जानकारी दिएर आफ्नो कर्तव्य निर्वाह गरेको उनले बताएका छन् ।
उनले ट्विटरमार्फत भनेका छन्, ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्य तथ्यको जानकारी मेरो सुरुदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु !’
उनले यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानबिन्दु बन्ने विश्वास लिएका छन्।

Leave a Reply