प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको आज संसदीय सुनवाइ हुँदै

काठमाडौं । आज सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठमाथि संसदीय सुनुवाइ हुँदैछ ।

समितिका अनुसार पहिलो चरणमा उनी विरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल हुनेछ भने त्यसपछि प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठसँग समितिले सुनवाइ सुरु गर्नेछ ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरूसँग बिहान साढे १० बजे छलफल सुरु हुनेछ भने त्यसपछि साढे ११ बजे श्रेष्ठलाई बोलाएर समितिले सुनवाइ सुरु गर्नेछ ।

समितिका सचिव पद्म प्रसाद पाण्डेका अनुसार प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुई वटा र पत्रमार्फत एउटा उजुरी परेका छन् । तर इमेलबाट उजुरी गर्नेहरू सम्पर्कमा नआएकाले आज एक जना उजुरीकर्तासँग मात्र समितिले छलफल गर्नेछ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि गत साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *