सिद्धबाबालाई विमानस्थलको भीआईपी कक्ष

विराटनगर ।सिद्धबाबा भनिने कृष्णबहादुर गिरी (कृष्णदास)लाई सरकारले विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न दिइएको छ । उनले काठमाडौंबाट विराटनगर आउने क्रममा आइतबार विराटनगर विमानस्थलको भीआईपी कक्ष प्रयोग गरेका हुन् ।

उनी श्री एयरलाइन्सको विमान चढेर विराटनगर आएका थिए । उनले भीआईपी कक्ष प्रयोग गरिरहँदा नेपाली कांग्रेसका नेता कृष्ण सिटौला, एमाले नेता राजेन्द्र गौतम, प्रदेशसभा सदस्य भीम पराजुलीसमेत सँगै थिए ।

कृष्णदासलाई लिन भीआईपी कक्षमा उनका केही अनुयायीसमेत पुगेका थिए । उनले आफूलाई २०७६ साल कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले जाहेरी दिएकी थिइन् । सोसम्बन्धी मुद्दा जिल्ला अदालत सुनसरीमा विचाराधीन छ ।

बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबालाई जिल्ला अदालत सुनसरीले २०७७ साल २२ मंसिरमा सफाइ दिएको थियो । फैसलाको पूर्णपाठमा जाहेरवाली महिलाले मोहित भएर शरीर समर्पण गरेका कारण बाबाजीले करणी गरेकाले जबरजस्ती मान्न नसकिने उल्लेख छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *