नेपालसँग लगातार हारिरहेको यूएईसँग विश्वकप उपाधि दाबेदार न्युजिल्यान्ड स्तब्ध

दुबई। पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालसँग लगातार पराजय बेहोरिरहेको यूएईले विश्वकपको उपाधि दाबेदार न्युजिल्यान्डलाई हराएको छ।

जारी तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत शनिवार राती भएको दोस्रो खेलमा यूएईले घरेलु मैदानमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्यो।

पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४२ रन मात्र जोड्न सकेको थियो।

यूएईका बलर आयान अफजल खानले ३, मुहमद जवादुल्लाहले २ तथा अलि नासिर, जहुर खान र मोहम्मद फराजुद्धिनले एक एक विकेट हात पारेका थिए। यूएईले १५.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । यूएईका कप्तान मुहम्मद वासिमले ५५ र आसिफ खानले ४८ रन बनाएका थिए।

न्युजिल्यान्डले गैह्र टेस्ट मान्यताप्राप्त टोलीसँग खेलेका ३९ अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पहिलो हार बेहोरेको हो। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो समय यूएईले नेपालसँग लगातार खेलिरहेको छ।

नेपालले यूएईसँग खेलेका पछिल्ला लगातार ५ खेल जितेको थियो। हालै एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई एलाई पनि नेपालले हराएको थियो।

नेपालले एकदिवशीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म टेस्ट मान्यताप्राप्त टोलीलाई हराउन सकेको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *