मरेका कुखुराको मासु यसरी पुगिरहेको छ भान्सामा, गृहमन्त्रीसमक्ष कर्मचारीको खुलासा (भिडिओ)

काठमाडौं । पशु सेवा विभागकी उपमहानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईले उपभोक्ताको भान्सामा मरेका कुखुराको मासु पुगिरहेको बताएकी छन् ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री नारायणकाजी श्रेष्ठलाई ब्रिफिङ गर्दै उनले मरेका कुखुरालाई प्याकिङ गरेर उपभोक्ताका किचनमा पुर्‍याउने गरिएको पाइएको बताएकी हुन् ।

निरीक्षणका क्रममा भारतबाट भित्र्याइएका कुखुराहरू मरेको अवस्थामा प्याकिङ गरेर उपभोक्तासम्म पुग्ने गरेको पाइएको उनले बताइन् ।

भारतबाट रातको समयमा कुखुरा ल्याइने गरिएको र ती कुखुराहरू बाटोमा ल्याउँदै गर्दा वा खोरमा ल्याएर राखिएपछि मर्ने गरेको र त्यसैलाई काटेर बजारमा पुर्‍याइने गरेको हो ।

Comments

2 responses to “मरेका कुखुराको मासु यसरी पुगिरहेको छ भान्सामा, गृहमन्त्रीसमक्ष कर्मचारीको खुलासा (भिडिओ)”

  1. दयाराम महत,सचिब पोल्ट्री व्यावसायि मंच Avatar
    दयाराम महत,सचिब पोल्ट्री व्यावसायि मंच

    निरिह सरकार र सरकारीकर्मचारीले आरोप मात्रै लगाउने हो कि आफ्नो जनतालाई दैनिक स्वस्थ र ताजा गुणस्तरीय मासु बिक्रीवितरण र उपभोगको ब्यबस्थापन गर्ने यस्को अनुगमन निरीक्षण र कारबाही कस्ले गर्ने ? जिम्मेवारी पाएकाले कामै नगर्ने !खालि पावर र भनसुन अनि सेटिङ्ममा बजार दौडिरहेको सरकारले आफ्नो बचाउ गर्दैमा समय छैन समस्या समाधान त धेरै परको कुरा भो ! गृह प्रशासन र पशु स्वास्थ्य निर्देशनालय के हेरेर बसेको छ मरेको कुखुरा बजारमा आउँदा ? हुन त क्विन्टल क्विन्टल सुन आउँदा त पत्तो पाउदैन सरकार जाबो मरेका कुखुरा कसरी थाहा पाओस?

    1. Jagdish wagle Avatar
      Jagdish wagle

      ठिक कुरा गर्नुभयो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *