उजुरीकर्तासँग छलफल लगत्तै भोलि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई बोलाउने संसदीय समितिको निर्णय

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठविरुद्ध परेका उजुरीकर्तासँग भोलि छलफल गर्ने निर्णय गरेको छ।

आज बसेको बैठकले भोलि साढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने निर्णय गरेको हो।

उजुरीकर्तासँग छलफल लगत्तै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई बोलाउने समितिको ज्येष्ठ सदस्य पशुपति शम्मशेर जबरा राणाले बताए।

संवैधानिक परिषदबाट सिफारिस भएका श्रेष्ठ अहिले कायम मुकायम प्रधानन्यायाधीशका रूपमा कार्यरत छन्।

संसदीय सुनुवाइ समितिबाट श्रेष्ठको नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *