काठमाडौं । संसद्को अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले छलफल थालेका छन् ।
छलफलका लागि आज बिहान ११ बजे घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई बोलाएका छन् ।
बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने तय भएको छ ।
प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ ।

Leave a Reply