रुपन्देही । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा आज शोक बिदा गरिएको छ ।
वडा नम्बर एकका वडाध्यक्ष मोहन घिमिरेको शनिवार मृत्यु भएपछि नगरपालिकाले आइतबार शोक बिदा दिने निर्णय गरेको हो ।
नगरप्रमुख स्तरीय बैठकबाट आइतबार शोक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए ।
आइतबार नगरपालिका, वडा कार्यालयहरू बन्द रहने कुँवरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
वडाध्यक्ष घिमिरेले शनिवार बिहानै फेसबुकमा स्टाटस लेखेर झुन्डिएर आत्महत्या गरेका थिए ।
आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply