सुदूरपश्चिम क्रिकेट संघको अध्यक्षमा वासुदेव जोशी निर्वाचित

धनगढी। क्रिकेट संघ सुदूरपश्चिम प्रादेशिक कमिटीको अध्यक्षमा वासुदेव जोशी निर्वाचित भएका छन्।  शनिवार धनगढीमा सम्पन्न संघको दोस्रो साधारण सभाबाट डडेल्धुरा निवासी जोशीको नेतृत्वमा नयाँ कमिटी चयन भएको हो।

प्रदेशका ८ वटा जिल्लाका क्रिकेट संघका प्रतिनिधिहरू सहभागी रहेको साधारण सभाबाट उपाध्यक्षमा रमेशबहादुर बोहरा (बैतडी), सचिव लक्ष्मणदत्त भट्ट (कञ्चनपुर), कोषाध्यक्ष दिनेश सिंह (डोटी), सदस्यहरूमा हरि रेग्मी (कैलाली), शेर सिंह खत्री (बैतडी), तेज कार्की (दार्चुला), अनिल कुँवर (अछाम), माया रावत साउद (कञ्चनपुर), रमेशबहादुर चन्द (डोटी), जोगबहादुर दौल्याय (बझाङ), बाबुराजा श्रेष्ठ (कैलाली) र आशिष कुमार खत्री (कञ्चनपुर) निर्विरोध निर्वाचित भएका हुन् ।

संघका केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्दको उपस्थितमा प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले साधारण सभाको एक समारोहबीच उद्घाटन गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *