इतिहासबारे ओलीको चेतप्रति घनश्यामको कटाक्ष- जलहरी हाल्नेले मात्र माओवादीलाई हत्यारा देख्छ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी जनयुद्धलाई राज्यले मान्यता दिएर उसँग सहकार्य गरिसकेपछि पनि हत्यारा,आतंककारीजस्ता शब्द प्रयोग गर्नु अनुचित भएको टिप्पणी गरेका छन् ।

झापा क्रान्तिबारे लेखिएको किताब बिमोचन समारोहमा महासचिव भुसालले केपी ओलीले माओवादीसँग सम्बन्ध बिग्रिदा यस्तो आरोप लगाएको बताए ।

भुसालले भने– अहिले इतिहासको कुरा गर्दा,आज फर्केर हेर्दा खासगरी हाम्रो राजनीतिका नेतृत्वमा करमेड ओली लगायत कतिपय साथीहरुले इतहिासको बारेमा माओवादी आन्दोलनको बारेमा बोल्छन् । हिजो सहमति असहमति जे थियो होला,राज्यले के भनेर मान्यो भने यो गरेर धेरै मान्छेको ज्यान जगोउछ भनेर सबै सहमत भएर अघि बढेका हौं । जतिखेर मिलिन्छ महान भन्ने,जतिखेर मिलिदैन हत्यारा आतंककारी भन्ने इतिहास चेतको विभत्स,डरलाग्दो र घृणास्पद यो चेतना डरलाग्दो छ । यो त्यहि चेतना हो जसले लजहरी हाल्छ,दुनियालाई उपदेश दिन्छ । सोचेर ल्याउँदा मलाई एकदम उखुम हुन्छ ।

भुसालले झापा क्रान्तिको बारेमा लेखिएको किताबले नयाँ तथ्यहरु बाहिर ल्याएको बताए । पुस्तक निरोज कट्टेलले लेखेका हुन् ।

Comments

2 responses to “इतिहासबारे ओलीको चेतप्रति घनश्यामको कटाक्ष- जलहरी हाल्नेले मात्र माओवादीलाई हत्यारा देख्छ (भिडिओ)”

  1. Shiva paudel Avatar
    Shiva paudel

    आफ्नो कुरा गरौ बिचार दिऔ अरुलाई आक्षेप मात्र लगाएर के गर्नु? अवसर पाउनु भएको हो यहाँले प्रभाव देखाउन सक्नु भएन।

  2. ksp pyl Avatar
    ksp pyl

    पूरै आवारागिरी भुसालको । यत्रो वर्ष मार्कस्वाद पढेर जानेको भनेको ओलिको विरोध गर्न रहेछ । यिनका मालिक गठबन्धनका लुटेराहरूले गरेको कर्तुतको बारेमा चुईक्क नब‍ोल्ने यि पनि गठबन्धनका लुटेराजस्तै विदेशीको एजेण्ट हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *