ठूलो प्रयत्नले प्रचण्डजीको नेतृत्वमा गठबन्धनको सरकार बनाएका छौं : उपप्रधानमन्त्री खड्का (भिडिओ)

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले अर्थतन्त्रको सुधार र सुशासन स्थापित गराउने पक्षमा काम गरिरहेको बताएका छन् । कांग्रेसनिकट निजामती कर्मचारीको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरिसकेपछि संविधानले परिकल्पना गरेको ऐनहरू अगाडि बढाउने बिषयमा जति चाँडो ल्याउनुपर्थ्यो । त्यो सकेनौं । अहिले संघीय निजामती ऐनलाई चाँडै संसदमा दर्ता गराउने प्रतिबद्धता छ । लोक सेवाको रायपछि एकसाताभित्र संसदमा पेश हुन्छ ।’

निजामती सेवा ऐन सिंगो देश र जनताको हितमा बन्ने खड्काले बताए ।

उनले भने, ‘वर्तमान सरकार पार्टी सभापतिजीको कुशल नेतृत्वमा अभियान चलाएर निर्वाचनमा गयौं । हामीले कांग्रेसलाई पहिलो पार्टी बनायौं । त्यसपछि केही घटनाले यताउता भएपनि लगत्तै ठूलो प्रयत्नले सभापतिको नेतृत्वमा फेरि जुटेर निर्वाचनको समयमा जनतालाई गरेको कबुलअनुसार अहिले गठबन्धन दलहरू मिलाएर प्रचण्डजीको नेतृत्वमा सरकार अगाडि बढेको छ । त्यही अनुसार अहिले मेरो नेतृत्वमा पार्टीबाट ९ जना सरकारमा छौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *