भ्रष्टाचारविरोधी लडाईंले पार्टीप्रति जनतामा विश्वास बढ्यो, अर्को निर्वाचनमा २०६४ को भन्दा ठूलो बन्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी आफैं रुपान्तरणको बाटो आफूहरु अघि बढेको बताएका छन् । २० औं दौरम्बा स्मृति दिवसमा आज रामेछापको आयोजित कार्यक्रममा बोल्दै उनले जनयुद्ध दिवस राष्ट्रिय दिवस र शहीदहरु राष्ट्रिय शहिद घोषणा गर्दा गर्व लागेको बताए ।

उनले भने, ‘जुनसुकै पार्टी वा पक्ष भए पनि परिवर्तनको प्रक्रियामा ज्यान गुमाउनेहरुप्रति सम्मान गर्नै पर्दछ । हिजो बन्दुक बोकेर परिवर्तनका लागि लड्यौं । हामीले लडाईं जारी छ भन्यौं तर हामी कहीँ न कहीँ अल्मलियौं । अहिले फेरि हामीले त्यस दिशाको बाटो पहिल्याएका छौं ।’

जनताप्रतिको जिम्मेवारी माओवादीले नै लिन पर्ने भन्दै गहिरो बोधका कारण सुशासनको अभियान सुरु गरेको बताए ।

उनले भने, ‘यही वा अन्य कारणले गठबन्धन भित्र कुनै समस्या छैन । हामी एक ढिक्काछौं । पार्टीले शुरु गरेको समाजवादको लडांई र सरकारले सुरु गरेको सुशासनको लडाईं एक आपसमा सन्बन्धित छन् ।’
अब पार्टी सबै नेताहरु जनताको घरमा पुग्ने बताए । जनताको हितमा काम गर्नु बाहेक अर्को कुनै विकल्प नभएको बताए ।

उनले भने, ‘अर्को निर्वाचनसम्म जाँदा माओवादी २०६४ को भन्दा बलियो शक्ति भएर आउने छ । देश भित्रका केही ठूला योजनाहरु कार्यान्वयन गर्नेमा मेरो ध्यान केन्द्रित छौं ।’

 

Comments

2 responses to “भ्रष्टाचारविरोधी लडाईंले पार्टीप्रति जनतामा विश्वास बढ्यो, अर्को निर्वाचनमा २०६४ को भन्दा ठूलो बन्छ : प्रचण्ड”

  1. Dhruba Prasad Thapaliya Avatar
    Dhruba Prasad Thapaliya

    तपाई आत्मरतिमा रमाइ रहनुभएको छ।खासमा सुन काण्ड छानबिन गरे आफ्नै आफ्ना पर्ने, सरणार्थी काण्ड मा अग्रसर भए सरकार ढल्ने, ललिता निवासमा आफुलेनै थालनी गरेको माधवको भनाइले नेताका खुट्टी जनताले देखिसके त्यसले अबको चुनावमा ५ सिटमा सीमित हुनेदिन आउदै छ। प्रतिरक्षा रहदै गर्नु।

  2. ksp pyl Avatar
    ksp pyl

    सबैभन्दा ठूला भ्रष्टाचारी नै माओवादीका ठूला नेता छन् । माओवादीले भ्रष्टाचारीलाई कारवाही गर्छ भनेर कसैलाई पनि विश्वास छैन । तिमीहरू अहिले दिल्लीको आदेशमा काम गरिरहेका छौ ।दिल्लीले केपि ओलिलाई फसाउने ठाउँ खोज भनेर आदेश दिएको छ । जबर्जस्ति खोजेर फसाउन खोज्दैछौ । ख्याल गर ओलि तिमीहरूजस्तो भ्रष्टाचारी, विदेशीको दलाल हुनै सक्दैनन । जवर्जस्ति गरेर दिल्लीको आदेशमा फसाउन खोजेमा तिमीहरू आफैं सकिन्छौ पहिला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *