सन्दीपको मुद्दामा आज पनि बहस भएन, गौशालाकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ ।

जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका छन् ।

आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश राजकुमार खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ ।

अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने जानकारी गराएको सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले जानकारी दिए।

Comments

One response to “सन्दीपको मुद्दामा आज पनि बहस भएन, गौशालाकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश”

  1. Gb Rai Avatar
    Gb Rai

    बरु कसले यसरि नाटक गरेर फसाउने याेजना बनाएर फसाएको हाे ? त्यसरी सुर्याउनेकाे हुल्याहा दिए त भैजान थियो त नानी! यी नानी आफैं ले त याे काम गरेकी हुँदै हाेइन, याे गराउने मान्छे पक्कै अर्को छ। त्यस मानिसले यी नानीमा पनि ब्ल्याक मेलिङ् गरिराखेको हुनुपर्छ। तर नडराइ भन्नु पर्यो नानी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *