पत्रकारिताले सुशासन र समृद्विको मुद्वा उठाउनुपर्छ: पाण्डेय

रूपन्देही । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्ष एवम् पूर्वमन्त्री सोमप्रसाद पाण्डेले मुलुकलाई सुशासन र समृद्विको बाटोमा लैजानका लागि पत्रकारिता क्षेत्र लाग्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशले बुधबार बाँकेको कोहलपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै विकास र समृद्धिका लाग पत्रकारिता क्षेत्रले सकारात्मक भूमिका खेलेको बताएका हुन् ।

उनले पछिल्लो पटक भ्रष्टाचारका मुद्वा उजागर गर्नमा पत्रकारिताले महत्वपूर्ण योगदान गरेको बताए । ‘ सुनकाण्ड, ललिता निवासजस्ता भ्रष्टाचार काण्डलाई पत्रकारिताले उजागर गरेको छु’ पूर्व उद्योगमन्त्री समेत रहेका पाण्डेले भने । उनले नेपाली पत्रकारिताले मुलुकको परिवर्तनमा पनि ठूलो योगदान गरेको बताउँदै अब सुशासन र समृद्विको मुद्वामा पत्रकारिता क्षेत्र केन्द्रीत हुनुपर्ने बताए ।

‘मुलुकमा सुशासनका बाधकका रूपमा रहेको भ्रष्टाचार काण्डलाइ जसरी उजागर गरेको छ, यसलाई प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्न अनुरोध गर्छुु उनले भने । अध्यक्ष पाण्डेले सवैधानिक रूपमा अधिकारहरू स्थापित भएपनि समाजमा आर्थिक समृद्वि र सुशसन कायम गर्न चुनौती रहेको बताए ।’राजनीतिक क्रान्तिको चरण पूरा भएको छ, अब समृद्वि र सुशासन काया गर्नुपर्छ, त्यसका लागि नेपाली पत्रमारिता क्षेत्र पनि लाग्नुपर्छ’उनले भने । उनले स्वच्छ र निषपक्ष पत्रकारिताले मात्रै समाजलाई अगाडि बढाउने बताए ।

कार्यक्रममा समाजवादी प्रेस संगठन, नेपालका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीले आफूहरूले संविधान र परिवर्तन रक्षाका लागि विद्रोह गरेर संगठन निर्माण गरेको बताए ।

उनले पत्रकारितामा सक्रिय पत्रकारहरूको संगठनका रूपमा स्थापित गरेको बताउँदै यससंगै विचारविहीन पत्रकार हुन नसक्ने बताए । उनले पत्रकार महासंघले थालेका पत्रकार शुद्विकरणमा आफूहरूको साथ र समर्थन रहेको बताउँदै एकाध ठाउँमा पुव्रागह साँधिएकाले त्यसलाई सुधार गर्न आग्रह गरे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अब्दुल हुसेन, नेपाल पत्रकार महासंघ लुम्बिनीका कार्यवाहक अध्यक्ष शुक्रऋषि चौलागाई, संगठनका प्रदेश अध्यक्ष ह्रदय भुसालले पत्रकारिता क्षेत्रलाई समाजसंग जोडेर अगाडि बढाउनुपर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *