प्लेमेकर डी ब्रुना ४ महिनासम्म मैदान बाहिर रहन सक्ने

लन्डन। म्यानचेस्टर सिटीका प्रभावशाली मिडफिल्डर केभिन डी ब्रुना ४ महिनासम्म मैदान बाहिर रहन सक्ने देखिएको छ।

ह्यामस्ट्रिङ समस्या देखिएका डि ब्रुना शल्यक्रिया गर्नुपर्ने भएकाले सिजनका सुरुका ४ महिना मैदान बाहिर रहनुपर्ने देखिएको म्यान सिटीका प्रशिक्षक पेप गार्डिओलाले बताएका छन्।

घरेलु लिगको सिजनको पहिलो खेलमै डी ब्रुना घाइते भएर बाहिर निस्कनु परेको थियो।

खेल सुरु भएको २३ मिनेटमै मैदान छाडेका यी बेल्जियम स्टारले गत सिजन म्यान सिटीको ऐतिहासिक उपलब्धिमा मुख्य भूमिका खेलेका थिए।

३२ वर्षीय डी ब्रुनाले त्यस सिजन १० गोल र ३१ असिस्ट गरेका थिए भने म्यान सिटीले युरोपियन च्याम्पियन्स लिग, इङ्लिस प्रिमियर लिग र एफए कप जितेको थियो।

डी ब्रुना च्याम्पियन्स लिगको फाइनलमा पनि घाइते भएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *