बूढानीलकण्ठका वडाध्यक्ष भट्टराईको प्रष्टोक्ति- मेरो घर खोलामाथि छैन

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-१० का वडाध्यक्ष नवराज भट्टराईले आफ्नो घर खोलामाथि नरहेको प्रष्टीकरण दिएका छन् ।

घर रहेको जग्गा २०४९ सालतिर बुबाले खरिद गरिएको र घर निर्माण गर्दा साविक कपन गाविसको मापदण्डबमोजिम नक्सा पास गरी निर्माण सम्पन्न प्रमाणपत्र समेत लिइएको आफूसँग प्रमाण सुरक्षित रहेको उनको भनाइ छ ।

नगर प्रवक्तासमेत रहेका भट्टराईले केही मिडियामा वडाध्यक्षकै घर खोलामाथि भन्दै भ्रम फैलाइएको भन्दै ध्यानाकर्षण भएको बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले आधारहीन कुराले आफ्नो र परिवारको प्रतिष्ठामा गम्भिर आघात र सामाजिक प्रतिष्ठामा असर पुगेको गुनासो गरे ।

दुई वर्षअघिको डुबानको कुरालाई लिएर पूर्वाग्राहीरूपमा अहिले तोडमोड गरिएको उनको भनाइ छ ।

‘हाम्रो घर रहेको स्थानको पुरानो खोला करिडोरमा आज पनि सयौंका संख्यामा तत्कालीन कपन गाविसको मापदण्ड पूरा गरी बनाइएको घरहरू सुरक्षित छन् । हाम्रो घरअगाडि आज पनि पुरानो खहरेको वालबाट करिब ११ फिट सेट व्याक छोडी घर निर्माण गरिएको फिल्डमा स्पष्टरूपमा देख्न सकिन्छ’, भट्टराईले भने, ‘हाम्रो घर खोलामाथि भएको भए, तत्कालीन कपन गाविसको मापदण्डविपरीत बनेको भए जस्तोसुकै कारबाही भोग्न पनि तयार छु ।’

Comments

One response to “बूढानीलकण्ठका वडाध्यक्ष भट्टराईको प्रष्टोक्ति- मेरो घर खोलामाथि छैन”

  1. Jivan nepali Avatar
    Jivan nepali

    हो उहाँ को घर खोला माथि छैन l
    तर उहाको घरमुनी खोला चै छ l
    खोलामा त हिमपाइप,हिमपाइप
    माथि माटो अनि बल्ल भबन छ होइन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *