नेपालमा कसरी सेन्सर पास हुन्छन् यस्ता भारतीय फिल्म ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गत असार ३ गते सामाजिक सञ्जालमा स्टाटस लेख्दै काठमाडौंमा आइन्दा कुनै पनि भारतीय फिल्म चल्न नदिने घोषणा गरे । तर, दुई महिनाअघि मात्रै उनले गरेको त्यो घोषणा अहिले एकादेशको कुरा बनिसकेको छ ।

यतिबेला काठमाडौंका सिनेमाहलहरू भारतीय फिल्ममय छन् । गत शुक्रबारबाट तीनवटा बिग बजेटका भारतीय फिल्म (गदर २, जेलर र ओएमजी २) नेपाली हलहरूमा भित्रिए । यी तीन फिल्म आएपछि प्रदर्शकहरूले राम्रै अकुपेन्सी पाइरहेको नेपाली फिल्म ‘बगान’ को शो संख्या शून्यमा झारेका थिए ।

नेपालमा विदेशी फिल्महरूको आयातलाई नियन्त्रण गर्ने कुनै कानून छैन । त्यसैले बालेनले फेसबुकमा लेखेको भरमा केही हुनेवाला थिएन । केही दिन उनको स्टाटसले काम गर्‍यो र दर्शकहरू हिन्दी फिल्म हेर्न स्वत:स्फुर्त रोकिए । तर, अहिले फेरि पुरानै अवस्थामा फर्किएको छ फिल्म बजार । अर्थात्, स्वदेशी फिल्मलाई पाखा र विदेशी फिल्मलाई काखा । बालेन पनि केही गर्न सक्ने अवस्थामा छैनन्, किनकी उनलाई अदालतको आदेशले बाँधेको छ ।

तर, योभन्दा संवेदनशील मुद्दा अर्कै छ ।

गत साता भित्रिएका तीन भारतीय फिल्ममध्ये सर्वाधिक चर्चित र हिट फिल्म हो ‘गदर २’ । तर प्रश्न उठ्छ, राष्ट्रियताको दृष्टिकोणले के यो फिल्म नेपालमा चलाउन लायक थियो ? भारतीय राष्ट्रवाद जगाउन खोजिएको र पाकिस्तानको भत्र्सना गरिएको फिल्म हो गदर-२ ।

भारतीय चलचित्रलाई नेपालमा कुनै रोकावट नहोस् भन्नेमा भारत हदैसम्म संवेदनशील छ । त्यसमा पनि आफ्नो देशको राष्ट्रियता र संस्कृतिको प्रबर्द्धन गर्ने र पाकिस्तानको बदख्वाईं गर्ने चलचित्र रिलिज हुँदाका बखत नेपालस्थित भारतीय दूतावास विशेष चनाखो हुने गरेको स्रोत बताउँछ । सेन्सर बोर्डमा ती चलचित्रका एउटा पनि संवाद र दृष्य काट्न नदिन दूतावासका अधिकारीहरू सक्रिय हुने गर्छन् ।

यो फिल्म नेपालमा सेन्सर बोर्डबाट जस्ताको तस्तै पास भएर हलहरुमा भिडका साथ प्रदर्शन भइरहेको छ । सन्नी देवलले ‘हिन्दूस्तान जिन्दावाद’ भन्दै घोक्रो फुलाउँदा नेपाली दर्शकहरू ताली पिटिरहेका छन् । ‘यदि भारतले तिमीहरूलाई फेरि फर्किन दियो भने आधा पाकिस्तान खाली हुन्छ’ भन्ने डाइलगमा नेपाली दर्शक सिटी फुकिरहेका हुन्छन् । उनीहरू को के दोष । दर्शक त आखिर चलचित्रको कथासँगै बगिरहेका न हुन्छन् । दोष त यस्ता फिल्म प्रदर्शन गर्न अनुमति दिनेको हो ।

सेन्सर बोर्ड नै भर्तीकेन्द्र

नेपालमा कुनै पनि स्वदेशी वा विदेशी फिल्म सेन्सर बोर्डबाट पास भएर मात्रै हलहरूमा प्रदर्शन हुन पाउँछन् । तर, नेपालको सेन्सर बोर्ड यति निकम्मा र विवेकहीन छ कि भारतीय राष्ट्रवाद प्रबर्द्धन गर्ने मात्र नभएर धार्मिक र साम्प्रदायीक विद्वैष र प्रपोगाण्डा फैलाउने मिसिनरी फिल्महरूलाई पनि कहिल्यै रोकेको इतिहास छैन । नरोक्ने मात्र होइन, यस्ता फिल्मका कुनै संवाद र दृष्यमा कैँची लगाउने हिम्मतसम्म सेन्सर बोर्डका सदस्यहरूले गर्दैनन् । फिल्ममा अश्लील दृष्य छन् कि छैनन् भनेर हेर्नेबाहेक उनीहरूको नजरले अरु केही पनि देख्दैन वा देख्न सक्दैन ।

खासमा नेपालको सेन्सर बोर्डसँग कहिले पनि गतिलो जनशक्ति नै भएन । बोर्ड आफैँमा कार्यकर्ता भर्तीकेन्द्रजस्तो छ । यस्तो निकायमा फिल्मसम्बन्धी खरो विज्ञता भएका व्यक्ति चाहिने हो । तर, यहाँ त सञ्चारमन्त्रालय जुन पार्टीले सम्हालेको छ, त्यसैमा झुकाव राख्ने सिकारु चलचित्रकर्मीदेखि चलचित्रको ज्ञान नै नभएका राजनीतिक कार्यकर्तालाई नियुक्त गर्ने परिपाटी छ ।

अहिले सेन्सर बोर्डको नेतृत्वमा छन् नेपाल सरकारका सहसचिव नेत्रप्रसाद सुवेदी । उनी चलचित्रसम्बन्धी विज्ञता भएका व्यक्ति होइनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवलाई सेन्सर बोर्डका अध्यक्ष बनाउने कानूनी व्यवस्था भएअनुसार उनले यो जिम्मेवारी पाएका हुन् । गत फागुन १८ गते सरकारले उनलाई बोर्ड अध्यक्षको नियुक्ती दिएको थियो ।

रेखा शर्मा सञ्चारमन्त्री भएपछि बोर्ड दुई माओवादी कार्यकर्ता सरला पुन मगर र भुपेन्द्र खड्कालाई बोर्ड सदस्य बनाएकी छन् । खड्काले केही चलचित्र खेलेका पनि छन् । तर माओवादीको सांस्कृतिक समूहमा आवद्ध सरला पुनको भने चलचित्र सम्वन्ध ज्ञान जिरो थियो । अर्का सदस्य ऋषीराज आचार्यले केही चलचित्र निर्देशन गरेका छन् । तर, खासै कहलाएका होइनन् ।

सेन्सर बोर्डमा चलचित्र विकास बोर्डको सदस्यमध्येबाट एक प्रतिनिधि (आलोपालो) रहन्छन् भने संस्कृति मन्त्रालय, गृह मन्त्रालय र अर्थमन्त्रालयका एक–एक उपसचिव सदस्य रहने व्यवस्था छ । उनीहरुसँग पनि चलचित्रको ज्ञान र विज्ञता न्यून हुन्छ ।

भारतीय दबाब र प्रभाव

नेपालमा भारतीय चलचित्रहरूले एकातर्फ भाषिक र सांस्कृतिक अतिक्रमण गर्दै आएका छन् भने अर्कोतर्फ ती चलचित्रसँग प्रतिस्पर्धा गर्न नसकेर नेपाली चलचित्र उद्योग दिनानुदिन धरासयी बनिरहेको छ । आखिर किन नेपालले भारतीय फिल्ममाथि आंशिक प्रतिवन्ध पनि लगाउन सक्दैन त ?

यसको मुख्य कारण हो, यहाँका राजनीतिकर्मीमाथिको भारतीय दबाब र प्रभाव । जबजब नेपालमा भारतीय चलचित्र वा भारतीय टेलिभिजन च्यानलहरू रोक्ने कुरा उठ्छ, काठमाडौंस्थित भारतीय दूतावासका कान ठाडा भइहाल्छन् । भारतीय दूतावासबाट शुभलाभ (छात्रवृत्तिलगायत) प्राप्त गर्ने नेताहरु हरेक पार्टीभित्र छन् । तीनै नेताहरूलाई भारतले आफ्नो स्वार्थमा प्रयोग गर्छ ।

उदाहरणका लागि, भारतीय नाकाबन्दीका बेला नेपालमा केबुल व्यवसायीले भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेका थिए । तत्कालीन सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले केबुल व्यवसायीहरूलाई पत्र पठाएर भारतीय च्यानल रोकेकोमा स्पष्टीकरण सोधे र खोल्न बाध्य पारे ।

नेपालका लागि भारत र पाकिस्तान दुवै मित्रराष्ट्र हुन् । तर, यी दुई देशबीच आपसी सम्वन्ध राम्रो छैन । उनीहरू एक-अर्कालाई घोषितरूपमा नै सत्रुराष्ट्र मान्छन् । पाकिस्तानविरोधी उग्रराष्ट्रवादी भड्काव भारतीयहरूमा निकै चर्को छ । यसलाई नै भजाउनका लागि भारतमा वर्षेनी पाकिस्तानको विरोध र मुस्लिम धर्मको मानमर्दन गरिएका फिल्महरु वर्षेनी बन्ने गर्छन् । त्यस्तै फिल्मले पैसा पनि मनग्गे छाप्छन् ।

भारतीय चलचित्रलाई नेपालमा कुनै रोकावट नहोस् भन्नेमा भारत हदैसम्म संवेदनशील छ । त्यसमा पनि आफ्नो देशको राष्ट्रियता र संस्कृतिको प्रबर्द्धन गर्ने र पाकिस्तानको बदख्वाईं गर्ने चलचित्र रिलिज हुँदाका बखत नेपालस्थित भारतीय दूतावास विशेष चनाखो हुने गरेको स्रोत बताउँछ । सेन्सर बोर्डमा ती चलचित्रका एउटा पनि संवाद र दृष्य काट्न नदिन दूतावासका अधिकारीहरू सक्रिय हुने गर्छन् ।

विगतमा बोर्डमा काम गरेका एक चलचित्रकर्मी भन्छन्, ‘यस्ता फिल्म सेन्सर बोर्डमा आइनपुग्दै दूतावासबाट फोन आइसकेको हुन्छ । यदि बोर्डले कुनै पनि दृष्य वा संवादमा चासो देखायो भने ‘माथिबाट’ दबाब आइहाल्छ ।’

स्रोतका अनुसार भारतीय दूतावासको दख्खल आफ्नो देशको फिल्ममा मात्रै सिमित हुँदैन । यदि कुनै पनि नेपाली फिल्ममा भारतको सन्दर्भ छ र थोरै मात्र पनि भारतप्रति आलोचनात्मक छ भने त्यसको सेन्सरमा पनि उनीहरुले चासो देखाउने गर्छन् । यसका भुक्तभोगी नबल खड्का हुन् । उनको पछिल्लो फिल्म ‘काँडेतार’ लाई भारतको विरोध गरिएको भन्दै सेन्सर पास नै गरिएन । जबकि नेपाललाई गलतरूपमा चित्रित गरिएका कयौं भारतीय फिल्महरु सरक्कै सेन्सर पास हुने गरेका छन् ।

कसले किन ल्याउँछन् ?

गत वैशाखमा मात्रै एउटा बलिउड फिल्म प्रदर्शनमा आएको थियो, द केरला स्टोरी । भारतमा समेत विवादित बनेको र विश्वव्यापीरूपमा मुस्लिमविरोधी भनेर भर्त्सना गरिएको यो फिल्म नेपालमा सरासर सेन्सर पास भयो । फिल्ममा मुस्लिम महिलाले लगाउने बुर्का जलाएको दृष्यसमेत सेन्सरले काट्न सकेन । यस्तै, मुस्लिम धर्मप्रति घृणा फैलाउने उद्देश्यले निर्माण गरिएको अर्को विवादित फिल्म ‘कास्मिर फाइल्स’ पनि नेपालमा निस्फिक्री प्रदर्शन भयो । जबकि भारतमै मुस्लिमहरूले यो चलचित्रको तीव्र विरोध गरेका थिए ।

प्रश्न उठ्छ, यस्ता फिल्महरू आखिर नेपालमा ल्याउँछन् कसले ? यसमा सीमित व्यक्तिहरुकाे हालिमुहाली छन् । नामै लिनुपर्दा फिल्म वितरक निरक पौडेल, मनोज राठी, क्यूएफएक्सका मालिक भाष्कर ढुंगाना र चलचित्र संघका महासचिव नरेन्द्र महर्जन नेपालमा भारतीय फिल्मको प्रवर्द्धनमा सक्रिय प्रमुख व्यक्तिहरूका रूपमा चिनिन्छन् । फिल्म भनेको कमर्सियल वस्तु हो र यसमा कुनै पनि रोकावट गर्नुहुँदैन भन्ने तर्क उनीहरुकाे छ ।  फलानो भारतीय फिल्मले यति पैसा कमायो, यस्तो रेकर्ड बनायो भनेर विभिन्न मिडियामा प्रचार प्रसार गराउने काम पनि उनीहरुले नै गर्छन् ।

गदर २ लाई मनोज राठीले ल्याएका हुन् । उनी फिल्मको कन्टेन्ट हेर्ने काम सेन्सर बोर्डको हुने भएकाले आफूहरुलाई दोष दिन नमिल्ने बताउँछन् ।

‘हाम्रो त व्यापार हो । कुन फिल्म कस्तो छ भनेर हामीले हेरेर ल्याउने पनि होइन । सेन्सर बोर्डले अनुमति दिएपछि चलाउने हो । नेपाल र नेपालीहरूमाथि आघात पुर्‍याउने फिल्म छ भने सेन्सरले रोकिहाल्छ,’ उनले भने ।

खासमा नेपालको सेन्सर बोर्डसँग कहिले पनि गतिलो जनशक्ति नै भएन । बोर्ड आफैँमा कार्यकर्ता भर्तीकेन्द्रजस्तो छ । यस्तो निकायमा फिल्मसम्बन्धी खरो विज्ञता भएका व्यक्ति चाहिने हो । तर, यहाँ त सञ्चारमन्त्रालय जुन पार्टीले सम्हालेको छ, त्यसैमा झुकाव राख्ने सिकारु चलचित्रकर्मीदेखि चलचित्रको ज्ञान नै नभएका राजनीतिक कार्यकर्तालाई नियुक्त गर्ने परिपाटी छ ।

राठीले ‘गदर २’ लाई पाकिस्तानविरोधी फिल्म भन्न नमिल्ने जिकिर गरे ।

‘मैले पनि फिल्म हेरेको छु, केही डाइलगहरू पाकिस्तानलाई होच्याउने खालको भए पनि समग्रमा पाकिस्तानविरोधि फिल्म हो जस्तो लाग्दैन,’ उनले भने ।

खासमा यस्ता मिसिनरी फिल्महरू वितरकहरूले सस्तोमा पाउँछन् । दर्शक धेरै नआए पनि घाटा हुँदैन । दर्शक आए त मालामाल हुने भइहाले । यसरी फिल्मलाई केवल व्यापारको वस्तु मान्दा नेपालमा निरन्तर भाषिक-सांस्कृतिक अतिक्रमण भइरहेको छ एकातिर भने नेपालबाट वर्षेनी अरबौं रूपैयाँ भारततिर गइरहेको छ ।

नेपालका लागि भारत र पाकिस्तान दुवै मित्रराष्ट्र हुन् । तर, यी दुई देशबीच आपसी सम्वन्ध राम्रो छैन । उनीहरू एक-अर्कालाई घोषितरूपमा नै सत्रुराष्ट्र मान्छन् । पाकिस्तानविरोधी उग्रराष्ट्रवादी भड्काव भारतीयहरूमा निकै चर्को छ । यसलाई नै भजाउनका लागि भारतमा वर्षेनी पाकिस्तानको विरोध र मुस्लिम धर्मको मानमर्दन गरिएका फिल्महरु वर्षेनी बन्ने गर्छन् । त्यस्तै फिल्मले पैसा पनि मनग्गे छाप्छन् ।

नेपालमा भने न पाकिस्तानविरोधी भावना छ, न मुस्लिमविरोधी । हाम्रो लागि भारत र पाकिस्तान बराबर हुन् । हाम्रोमा हिन्दू-मुस्लिमबीच द्वन्द्व पनि छैन । यस्तोमा गदर, कस्मिर फाइल्स र केरला स्टोरीजस्ता द्वन्द्व भड्काउने फिल्महरू प्रदर्शन गर्न दिनु कुनै पनि हिसाबले जायज देखिँदैन ।

सेन्सर बोर्ड अध्यक्ष भन्छन्- रोक्ने क्षमता राख्दैनौं

गदर २ लाई सेन्सर पास गरिएको विषयमा सेन्सर बोर्डका अध्यक्ष नेत्रप्रसाद सुवेदीलाई हामीले सोध्दा उनले सरल जवाफ दिए ।

‘कुनै पनि भारतीय फिल्मले नेपालको सार्वभौमसत्तालाई आँच पुर्‍याएको छ भने हामी संवेदनशील हुन्छौं । होइन भने इन्डियाबाट पारित भएर आएकोलाई रोक्ने क्षमता हामी राख्दैनौं,’ उनले भने ।

सुवेदीले गदर २ आफूसहित सेन्सर बोर्डका सबै सदस्यहरुले प्रत्येक सिन हेरेर पास गरेको उनले बताए । यो फिल्मलाई पाकिस्तानविरोधि भन्न नमिल्ने सुबेदीको जिकिर छ ।

उनले थपे, ‘ट्रेलर हेर्दा पाकिस्तानविरोधिजस्तो लाग्न सक्छ, तर भित्र हेरिसकेपछि त्यस्तो देखिँदैन । रोक्नुपर्छ जस्तो लागेन । कतिपय सीन त इन्डियाबाटै काटिएर आएका छन् । हामीले काटिरहनै परेन ।’

उनले भारतीय फिल्मको सेन्सर गर्दा कतैबाट दबाब नआउने पनि दाबी गरे ।

‘हामी स्वतन्त्ररूपमा हेर्छौं । दबाब आएको छैन,’ उनले भने ।

स्वतन्त्ररूपमा हेर्न सक्ने भए यस्ता फिल्महरू किन रोक्नुहुन्न भन्ने प्रश्नमा सुवेदीको जवाफ छ, ‘हाम्रो मार्केट पनि हेर्नुस् न । दर्शक नआएर हलहरु खाली छन् । कम्तीमा यी फिल्म आएर हल भरिँदा इकोनोमीमा राम्रै हुन्छ नि ।’

Comments

One response to “नेपालमा कसरी सेन्सर पास हुन्छन् यस्ता भारतीय फिल्म ?”

  1. उमाकान्त पराजुली Avatar
    उमाकान्त पराजुली

    सेन्सर बोर्डको बारेमा अलि बढिनै सामान्यिकरण गरियो जस्तो लाग्यो । कुन सिनेमामा भारतिय दवाव आएछ, थाहा दिएको भए हुन्थ्यो । यसै त सिनेजगतमा सेन्सर बोर्ड तारो छ , त्यस्माथि पत्रकार जगत पनि थपिएछ । तारो हुनुको एउटा पक्ष हो साच्चै सेन्सर हुनु । राम्रो सेन्सर भएन भने अर्को पक्षको तारो हुनु स्वाभाविक छ । दुइ मित्र रास्ट्रहरूबीचको सम्बन्ध निस्चयनै सम्बेदन्शील छ ।
    पाकिस्तानले तपाइको कन्सर्नमा चासो दिएको थाहा छैन । कुनैमा चासो दिएको पनि होला । तर ठूला बिषयमा निश्चय नै चासो हुन्छ नै । तर हरेक सामान्य बिषय त पाकिस्तानले पनि पचाइसके जस्तो लाग्छ । के त्यस्मा उसको चासो हुनुपर्ने होइन र ? सम्बन्धित मुलुकलाई चासो नभएको बिषयमा हामी किन एक हात माथी उफ्रीन पर्यो र ? यसको मतलब हरेकमा अन्देखा गर्न सकिन्छ भन्ने होइन। तर भारतबाट पास भएको रोक्न सकिन्न भनेकै हो भने त्यो गलत छ र विगतम कति सिनहरू काटिएका छन र म्यूट गरिएकाछन । कुनैमा सम्वेदनशील विषयको बुझाईमा फरक हुनसक्छ । सेन्सर बोर्डलाई अति सामान्यीकरण भने गरिनु भएन । धन्यवाद !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *