काठमाडौं । चलचित्र ‘गणपति’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआर डिजिटलबाट चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ३ मिनेट लामो ट्रेलरले दर्शकमाझ थप कौतुहल जगाएको छ ।
सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको फिल्मको ट्रेलरमा निसन्तान दम्पतिलाई भगवान गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ ।
कमेडी र सेन्टिमेन्टको समिश्रण रहेको फिल्ममा मुुकुन भुसाल,मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमीरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानाका साथमा अथिति भूमिकामा अभिनेत्री बर्षा शिवाकोटीले अभिनय गरेकी छिन् ।
रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको फिल्मको ट्रेलरमा प्रमुख सबै कलाकारलाई समेटिएको छ ।
रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मण रिजाल,कार्यकारी निर्मातामा बिज्ञान केसी र अर्बिन्द्र गिरी र सहनिर्मातामा चर्चित फिल्म एडिटर बनिष शाह छन् । हरिबहादुर घलेले खिचेको फिल्मका गीतमा अनिश अधिकारी, शंकर अधिकारी घायल, देबेन्द्र बब्बु, बाबुल गिरी र सबिन अधिकारीको शब्द अनि अनिश अधिकारीको संगीत छ ।
बिपीन मल्लले सम्पादन गरेको फिल्मको कोरियोग्राफर कविराज गहतराज हुन् । तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको फिल्मको बितरण श्रीराम बालाजी फिल्मस् र एफडिले गर्दैछ ।
चलचित्र यही भदौ १४ बाट देशभर एकसाथ लाग्ने भएको छ ।

Leave a Reply