काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालीन मुख्यसचिव लिलामणि पौडेलसँग ललिता निवास प्रकरणबारे बयान लिएको छ ।
उक्त प्रकरणमा पौडेलको पनि नाम जोडिएपछि सीआईबीले आइतबार उनीसँग बयान लिएको हो । सीआईबी स्रोतले आइतबार पौडेलसँग बयान लिएको पुष्टि गरेको हो ।
यस प्रकरणमा हाइ प्रोफाइलहरुमाथि छानबिन भइरहेको छ भने सर्वोच्च अदालतले तत्कालीन पूर्वप्रधानमन्त्रीहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिइसकेको छ ।

Leave a Reply