बुटवलको कालिकानगरमा राजमार्गमै रहेको गाडीमा आगो लागेपछि…

रुपन्देही । बुटवलको कालिकानगरमा राजमार्गमै रहेको गाडीमा आगो लागेको छ । रोकेर राखिएको गाडीमा आगो लागेको योगीकुटी प्रहरीले बताएको छ ।

कालिकानगरको कालिका पेट्रोल पम्प अगाडि सोमबार दिउँसो उक्त गाडीमा आगो लागेको हो । प्रदेश २–०३–०० १ ख २५११ नम्बरको गाडी मुख्य सडकको छेउमा राकिएको गाडीमा एक्कासी आगो लागेको हो ।

गाडीमा आगो लागेपछि स्थानीय र सडक यात्रीले पानी प्रयोग गरेर निभाएका हुन् । स्थानीय र पैदलयात्रीले आगो नियन्त्रणमा लिएपछि दमकल आएको थियो ।

भौतिक क्षति भएपनि मानवीय क्षति भने नभएको प्रत्यक्षदर्शी पे्रम थापाले बताए । आगो लागेको कारण नखुलेको योगीकुटी प्रहरी बिटले बताएको छ । स्थानीयले गाडी रोकेर स्टापले खाना बनाइरहेकोले यस्तो भएको हुनसक्ने आशंका गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *